Sunday, June 5, 2011

जिल्ला प्रशासन भवन निर्माण

आश गुरुङ 'प्रतीक'
जिल्ला प्रशासन कार्यालय लमजुङको नवनिर्मित भवन


जिल्ला प्रशासन कार्यालय लमजुङको नवनिर्मित भवनको उद्घाटन गर्दै शान्ति तथा पुनः निर्माणमन्त्री रकम चेम्जोङलमजुङ, असोज २९ गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङको नवनिर्मित भवनको निर्माण कार्य पुरा भएको छ ।
शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
एक करोड ३१ लाख २८ हजार आठसय ९९ रुपैँया ७४ पैसा लगानी गरि दुर्इवर्षो अवधिमा निर्माण गरिएको प्रशासन कार्यालय भवनलाई आज विहिवार एक समारोहबीच हस्तान्तरण गरिएको छ ।


डिभिजन कार्यालय गोरखाकार् इन्जिनियर उद्धव नेपालले प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई एक समारोहवीच भवन हस्तान्तरण गनुभएको थियो । भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव पुन्य प्रसाद न्यौपानेले द्वन्द्वकालमा ध्वस्त पारिएका र भत्काईएका भवनहरुको निर्माणकार्य द्रुत गतिमा भईरहेको जानकारी दिनुभयो । सो अवसरमा क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारी, नेपाली कांग्रेसका तुलसीनारायण श्रेष्ठ, नेकपा एमालेका बमबहादुर थापा, राप्रपाका बालचन्द्र श्रेष्ठ, शान्ति तथा पुनः निर्माण मन्त्रालय अन्तरगत द्वन्द्वोत्तर शान्ति तथा पुनः निर्माण परियोजनाका प्रमुख दीपेन्द्रनाथ शर्मा, शहरी विकास तथा भवन निर्माण विभागकार् इकाई प्रमुख चतुरराज प्रसाइँ, डिभिजन कार्यालय गोरखाका प्रमुख सुरजबाबु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

भवनको शान्ति तथा पुनः निर्माणमन्त्री रकम चेम्जोङले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।

Posted on:October 15, 2009, 9:12 pm

No comments:

Post a Comment